प्रचण्ड सरकारसँग मोर्चा क्रूद्ध, समर्जन फिर्ता लिने सम्मका धम्की

morcha-leaders (1)काठमाडौं, असोज ११ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । मोर्चाको सोमबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको हो ।

बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले दाहालले मोर्चालाई धोका दिएको आरेप लगाएका थिए ।

बैठकपछि मोर्चाका नेता रामनरेश रायले मधेस आन्दोलनका क्रममा लगाइएको झुट्टा मुद्दा फिर्ता नभएकोमा बैठकले दुःख व्यक्त गरेको बताए ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।