यी हुन विश्वका डरलाग्दा १० राष्ट्र

syriaएजेन्सी – अमेरिकाको काउन्ट्री थ्रेट इन्डेक्स (सिटीआई)ले सोमबार विश्वका १० डरलाग्दा राष्ट्र सार्वजनिक गरेको छ । सीटीआईले १८ जुलाईदेखि १८ सेप्टेम्बरसम्मका घटनाअनुसार १० डरलाग्दा राष्ट्रको नाम सार्वजनिक गरेको हो । सीटीआईको प्रतिवेदनअनुसार सिरिया एक नम्बर डरलाग्दो राष्ट्र हो ।

प्रतिवेदनअनुसार सिरियापछि इराक दोस्रो डरलाग्दो राष्ट्र छ । अफगानिस्तान, टर्की, पाकिस्तान, सोमालिया, लिविया, अमेरिका, फिलिपिन्स र युक्रेन डरलाग्दा राष्ट्रमा परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।