टीकापुर हत्या प्रकरण : दंगा भड्काएर नरसंहार

काठमाडौं, असोज ११ – गत वर्ष भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारका विषयमा सुरक्षा निकायको छानबिन प्रतिवेदनमा किटानी छ, ‘उक्त दिन ज्यान मार्ने योजना बनाउने तथा ज्यान मार्ने वचन, निर्देशन दिने प्रतिवादी धनीराम चौधरी , रेशम चौधरी, लक्ष्मण चौधरी, रामचन्द्र चौधरीसमेतलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने अनुसन्धान तथा छानबिन समितिको ठहरका साथ यो प्रतिवेदन पेस गरेका छौं ।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि भने यसरी छानबिन प्रतिवेदनले दोषी किटान गरेको अभियुक्तहरुको मुद्दा फिर्ता लिने घोषणा गर्दै हिँडिरहेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।