सांसद्ले पठाएका कामदार साउदी अरबको जेद्धामा अलपत्र

काठमाडौं, असोज ११ – साउदी अरबको जेद्धामा १८ महिनादेखि तीन नेपाली कामदार अलपत्र परेका छन् । सर्लाही, ब्रह्मपुरी–८ का सोमन राउत, बेलबाजदी–३ का नथुनी साहतेली र सुनसरी, नर्सिङ–१ का करिमुदिन मियाँ अवैध रुपमा अवैध रुपमा बसेबापतको करिब साढे ६ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न नसकेर अलपत्र परेका हुन् । अचम्म त के छ भने सर्लाहीका सोमन राउतलाई सांसद् दुलारी देवीले १ लाख ३५ हजार रुपैयाँ लिएर पठाएकी हुन् ।

एमालेबाट समानुपातिक सांसद् बनेकी दुलारीले आफ्ना स्वकीय सचिव अशोककुमार मुखियालाई साक्षी राखेर २०७१ फागुन ४ गते रकम बुझेको भर्पाई फेला परेको छ । पछिल्लो एक महिनायता तीनै कामदार जेद्धास्थित दूतावासको सेल्टरमा बसिरहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।