जापानी व्यवसायीलाई कमल थापाले भने : आउनुस् नेपालमा लगानी गर्नुस्

इवाते– राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले जापानका लागानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गरेका छन्। उनले अहिले नेपालमा लागानीको वतावरण भएको भन्दै जापनका लगानीकर्ताहरुला२ ढुक्क भएर लगानी गर्न आग्रह गरे। japan
जापानको इवाते प्रिफेक्चरका गर्भनर ताकुया तासुको निमन्त्रणमा गत शनिवार जापान आएका थापाले नेपाल जापान कूटनीतिक सम्बन्धको ६० औ बर्ष पुरा भएको अवसरमा आयोजित विशेष कार्यक्रमलाई प्रमुख बक्ताको रुपमा सम्बोधन गर्ने क्रममा यस्तो विचार व्यक्त गरेका हुन् । थापाले आफ्नो सम्बोधनको क्रममा विशेषगरी गत बर्ष नेपालमा गएको महाभूकम्प, त्यसको प्रभाव र त्यसपछि पूर्ननिर्माणको अवस्था, देशको वर्तमान राजनीतिक परिस्थिति तथा नेपाल जापान मैत्री सम्बन्धको बिषयमा प्रकाश पारेका थिए।
यसअघि थापाले इवाते गर्भनर ताकुया तासो र इवाते इन्टरनेशनलका अध्यक्ष केनिचि हिरामायासँग शिष्टाचार भेट गरेका थिए। भेटमा उनिहरुले नेपाललाई हर प्रकारको सहयोग गर्न आफूहरु तत्पर रहेको जनाएका थिए।
५ दिने जापान भम्रण र भेटघाट पछि सो टोली शुक्रबार नेपाल फिर्ता हुने कार्यक्रम छ।