बिमल डाँगीको दशैँ गीत ‘परदेश’ बजारमा (भिडियो सहित)

काठमाडौं, असोज ११ । नीरु न्यौपानेको पहिलो सांङगितिक कोशेली ‘धन कमाउन परदेशैमा’ बजारमा आएको छ । न्यौपानेको शब्दमा रहेको यो गीत सम्पूर्ण प्रबासी नेपालीहरुको यथार्थ कथा वस्तु बोकेको छ ।
यो गीत निक्कै लामो समयको अन्तरालपछि लोकदोहोरीका हस्तीहरु बिमल डाँगी र बिमा कुमारी दुराको आवाजमा गणेश चौलागाईको लय अनि नीरु न्यौपानेको शब्दमा तयार भएको हो । गरिबी र दुःखले गर्दा परदेशिएका र धन पैसाको लागी जती नै गरेपनी दु स्खीको दुस् खमा कोही नभएको फरक कथा बस्तुबाट गीतको सुरुवात गरिएको छ ।bimal
गीतको म्युजिक भिडियो बजारमा आइसकेको छ । भिडियोमा देवीन्द्र छेत्री र रेश्मा के सीको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई कपिल लामाको निर्देशन र राजेश घिमिरेको छ्याङ्कनमा तयार पारिएको हो ।}

Loading...