कम्प्युटर जलेपछि रेडियोको प्रसारण अवरुद्ध

डोल्पा, असोज ११ । डोल्पाको एकमात्र एफएम रेडियो ‘रेडियो डोल्पा १०१.४ मेघाहर्ज’को प्रसारण आजदेखि अवरुद्ध भएको छ ।
उच्च भोल्टेजका कारण रेडियोको तीन वटा कम्प्युटर जलेपछि प्रसारण सेवा अवरुद्ध भएको स्टेसन म्यानेजर टेक शाहीले बताए ।
कम्प्युटर मर्मत गर्न जिल्ला बाहिर पठाउनुपर्ने भएकाले अवरुद्ध रेडियो सञ्चालनका लागि एक हप्ता लाग्ने भएको छ । रेडियो अवरुद्ध भएपछि समाचार प्रसारण गर्न नसकिएकामा रेडियोले क्षमा मागेको छ ।dolpa

Loading...