कप्तान अनिलको कथन : राज्यले खेलाडीहरुको खेल पछिको जीवनसमेत सोच्नु पर्छ

नेपाली राष्ट्रिय फुटबलको कप्तान अनिल गुरुङले नेपाली मात्र नभई बिदेशी फुटबल मैदानमा पनि धेरै खेल खेलिसकेका छन् । बिदेशमा समेत फुटबलको तालिम लिएका कप्तान गुरुङ संग अखबार दैनिकका देबराज गुरुङले नेपाली फुटबलको समग्र बिकास बारे गरेको कुराकानीको सम्पादीत अंश ।

Anil Gurung skipper of Manang Marsyangdi Club celebrates goal against Far Western Football Club during their Red Bull National League match at ANFA Complex in Lalitpur on Thursday. Photo: Udipt Singh Chhetry/ THT File

पहिलो दिन रङगशाला पुग्दा कस्तो अनुभव भयो ?
सुरुमा म रङ्गशाला ब्रिगेड व्वाईज क्लबको लागि ट्रायल दिन गएको थिएँ । पहिलोचोटि त्यस ठाउँमा क्लबको लागि साइन गर्नका लागि रङ्गशालको गेटबाट भित्र पस्दै गर्दा १६ वर्षको उमेरमा म ठूलो रङ्गशाला देख्दा चाहि म कहाँ पसेछु जस्तो अनुभव भाएको थियो ।

त्यो दिन आफूलाई राष्ट्रिय टिमको क्याप्टेन बन्छु जस्तो लागेको थियो त ?
मैले त्यस्तो सोचेको पनि थिइँन र म यति उच्च तहमा पुग्छ भनेर कल्पना नैं गरेको थिइँन । पछि खेल्दै जादा सबै कुराले साथ दियो र म यस स्थानमा आइपुगेँ ।

यो तहसम्म पुगनका लागि सबै भन्दा ठूलो प्रेरणा चाहि कहाँ बाट मिल्यो ?
पहिलो कुरा त मेहनत नैं हो । सबैभन्दा ठूलो स्पेश चाहिँ पोखराको साहारा क्लबले दियो । साहारा क्लबको योग्दानले नै म यो ठाउँमा आइपुगेको हुँ । त्यस बाहेक मेरो परिवारका सदस्यहरु, समर्थकहरु सबैको महत्वपूर्णं प्रेरणाले म याहाँ सम्म आइपुग्न सफल भएँ ।

गुरुङ समाजमा लाहुरे हुने परिपार्टी रहेको छ, तर तपाईँमा कसरी खेलकुदको मोह जाग्यो ?
मेरो बुबा आफैँ पनि भारतीय सैनिक हुनुहुन्थ्यो । त्यतिमात्र होइन मेरो बुबाको दाजुभाईहरु ५ जना हुनुहुन्थ्यो, सबै लाहुरे नै हो । बाबाहरुको सोच पनि छोराहरुलाई लाहुरेनैं बनाउने थियो तर मेरो चाहिँ त्यस्तो सोच आएन । मैले लाहुरे हुन एक चोटि पनि कोशिस गरिन । मैले फुटबलमै भविष्य बनाउछु भनेर लागि परें ।anil3

पहिलो पटक राष्ट्रिय टोलिमा सहभागि हुन पाउँदाको क्षण कस्तो रह्यो ?
त्यो निकै खुशीको क्षण थियो । जुन बेला राष्ट्रिय टिमको जर्सीमा पहिरन पाए, निकै गौरव लाग्यो । आफूलाई जिम्मेबारी थपिएको महसुस गरेँ । मैले सन् २००७ देखि राष्ट्रिय टोलिमा ‘डेव्यू’ गरेको हुँ ।

पहिलो पटक राष्ट्रिय टोलिबाट गोल गर्दाको स्मरण छ ?
मैंले पहिलो गोल चाहिँ पोखरामा भुटान विरुद्धको मैत्रीपूर्णं खेलमा गरेको हुँ । मेरै होमटाउनमा चाहिँ पहिलो गोल गरेँ ।

फुटबल खेलप्रति आकर्षित चाहिँ कसरी हुनुभयो नी ?
विद्यालय जीवनमैं हामीहरु फुटबल खेल्थ्यौँ । मेरो घर नजिकैको स्कुल पोखराको मालेपाटनमा मैले पढें । त्यहाँ ठूलो फुटबल मैदान थियो । आफु भन्दा ठूला दाइहरु त्यस मैदानमा फुटबल खेल्ने गर्थे । दाइहरुले खेल्दा हामी चाहिँ मैदानको पोष्ट पछाडी बस्थ्यौँ र मेरो मनमा चाहिँ म पनि उनीहरुले जस्तै फुटबल खेल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । पछि खेल्दै जाँदा राम्रो भयो ।

नेपाली फुटबललाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन के गर्नु पर्ला ?
म राष्ट्रिय टोलीमा खेल्न थालेको १० वर्ष भयो । त्यसका लागि ‘ग्रास’ लेभल देखिनैं फुटबल राम्रो हुन जरुरी छ । मलाई मात्र होइन सबै नेपालीहरुलाई थाहा छ कि हरेक ठाउँमा रङ्गशाला निर्माण गर्नु पर्छ । फुटबलका पूर्वधारहरु निर्माण गर्नु पर्छ । एन्फा र सरकारले त्यहि अनुसार सहकार्य गरेरअगाडी बढ्नु पर्छ । त्यसो भयो भने मात्रै फुटबलको विकाश हुन्छ ।anill

नेपालमा रहेको एक मात्र अन्तराष्ट्रिय स्तरको भनिएको दशरथ रङ्गशालाको अहिलेको हविगत देख्दा कस्तो लाग्छ ?
एकदमै दुःख लाग्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु गर्दा दर्शकहरु बस्नसमेत ठाउँ पाउँदैनन् । नेपालीहरुको फुटबलमा ज्यादै क्रेज छ । यसमा सरकारले विशेष चासो दिनु पर्छ । यस्ता खालका रङ्गशालाहरु काठमाडौंमा मात्र सिमित नभएर जिल्ला जिल्लामा पनि निर्माण गर्न जरुरी छ ।

नेपाली फुटबलमा कत्तिको राजनीति छ ?
केही मात्रामा मैले राजनीति पनि देखेको छु । कतिपय अवस्थामा राम्रो पनि भइराखेको छ भने कतिपय कुराहरु नराम्रा पनि छन् । हामीलाई चाहिँ राजनीति होइन कि फुटबलमा जो आए पनि फुटबल खेल र खेलाडीहरुलाई खेल्ने वातावरण राम्रो हुनुपर्छ । राष्ट्रिय खेलाडीहरु मात्रै होइन कि घरेलु लिग खेल्ने खेलाडीहरुलाईसमेत राज्यले सोच्नु पर्छ । त्यति मात्र होइन राज्यले खेलाडीहरुको खेल पछिको जीवनसमेत सोच्नु पर्छ ।

तपाईको विदेशी क्लबको अनुभवहरु बताइदिनुस न ।
म सुरुमा लण्डनको चेल्सी क्लवमा ट्रायल दिन गएको थिएँ तर फिफाको र्याङकिङमा नेपालको स्तर राम्रो नभएको कारणले मैले ट्रायल दिन पाईँन । त्यस पछि मैले इङल्याण्डको छैटाँै डिभिजन क्लबमा ३ महिना जति टे«निङ गरेँ । युरोपमा लिएको उक्त टे«निङ्ले चाहिँ मेरो जीवनमा धेरै परिर्वतन ल्यायो । त्यसैगरी मैले भारतको सिलोङमा तीन वर्ष लिग खेलें ।

नेपाली राष्ट्रिय टोलीमा कहिले सम्म बस्ने त अव ?
म खेल्न सक्दा सम्म वा फर्ममा हुँदा सम्म फुटबल खेल्छु ।

तपाईं फुटबल पछिका दिनहरु कसरि बिताउन चाहनुहुन्छ ?
यहि गर्छु भनेर चाहि सोचेको छैन । मैले जीन्दगीको धेरै समय फुटबलमै बिताइसकेको छु । रिटायर्ड लाईफमा कुनै क्लब वा एकेडेमी सञ्चालन गरेर बस्ने इच्छा छ ।anil1

नेपालको फुटबल विकास गर्न के के कुराहरु आवश्यक देख्नुहुन्छ ?
पहिलो त राज्यले नंै लगानी गर्नु पर्छ । राज्यले नैं खेलकुदलाई बजेट छुट्टाएर योजनावद्ध तरिकाले अगाडि बढ्न जरुरी छ । नत्र भने फुटबलको मात्र नभएर सम्पूर्ण खेलकुदको भविष्य सङकटमा पर्न जान्छ ।

अब कति वर्ष जति फुटबल खेल्ने लक्ष्य रहेको छ ?
राष्ट्रिय टिममा त ३ ४ वर्ष भन्दा खेल्दिन तर घरेलु क्लबमा भने ५ ६ वर्ष सम्म खेल्छु होला ।