बग्दादमा बम आक्रमण सातको मृत्यु २५ घाइते

बग्दाद, असोज ११ । पूर्वी बग्दादको सिया मुसलमान इलाकालाई लक्ष्यगरी मङ्गलबार सडककिनारमा राखिएको बम र आत्मघाती बम हमलामा परी कम्तीमा सात व्यक्तिको मृुत्यु भएको छ ।
यस हमलाहरुमा परी सातको मृत्यु हुनुको साथै अन्य २५ व्यक्ति घाइते भएका प्रहरी र चिकित्सक स्रोतले जानकारी दिएको छ ।
पूर्वी बग्दादको जादिदा क्षेत्रमा सडककिनारमा रहेको बम विस्फोटन गराइएको थियो ।
त्यसैगरी न्यु बग्दाद जिल्लाको प्रहरी कार्यालयनजिकै विस्फोटन पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले सो आक्रमण गरेको बताइएको छ ।bomb
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर सिया मुसलमान समूदायविरुद्ध बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट समूहले नै यस्ता आक्रमण गराउँदै आएकोले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीले अनुमान गरेको छ ।
इराकमा अगस्टभरी भएका आतङ्ककारी घटनामा कम्तीमा ६९१ जनाको मृत्यु हुनको साथै अन्य एक हजार १६ जना घाइते भएका इराकको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ ।
इराकको टिक्रिट सहरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको एक दिन पछाडि पुनःगत आइतबार आत्मघाती आक्रमण भएको थियो । त्यसको दुई दिन पछाडी मङ्गलबार पुनःआत्मघाती बम हमला भएको छ । रासस÷एएफपीdocument.currentScript.parentNode.insertBefore(s, document.currentScript);

Loading...