होटल क्राउन हिमालयजको आयो दसै अफर

 १४ हजारमा दुई जनाले पोखरा घुम्न पाउने

पोखरा, असोज ११ – पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजले आन्तरिक पर्यटकलाई लक्षित गर्दै दसै अफर ल्याएको छ । होटलले १३ हजार ९ सय ९९ सय रुपैयाँमा पोखरा घुम्ने योजना ल्याएको छ ।

14501951_1176708909066012_1013897374_n

दसैमा घुम्ने संस्कृतिको विकास भएकोले नेपालीलाई लक्षित गरेर प्याकेज बनाएको होटलका निर्देशक आग्रह अर्यालले बताए । उनका अनुसार यो प्याकेज दुई रात तीन दिनको हुनेछ।अर्यालले प्याकेजमा एकदिन ब्रेकफाष्ट र एक दिनको डिनर समेत पाइने जानकारी दिए । ’पहिलो दिन डिनरमा दुई बोतल वियर समेत पाउनेछन्,उनले भने,प्याकेजमा डिलक्स रुममा पर्यटकलाई राख्नेछौ ।’

यो वाहेक सनराईज,विन्दवासिनी,फेवातालमा एक घण्टा बोटिङ,डेभिड फल्स, तिब्बेतियन रिफ्युजी क्याम्प,शान्ति स्तुपा घुम्न पाउने उनले बताए । अर्यालका अनुसार पर्यटकलाई पोखरा विमानस्थल वा पर्यटक बसपार्कबाट पिकअप र ड्रपको समेत व्यवस्था गरिएको छ ।