निर्धारित समयमा नहुने भो सार्क शिखर सम्मेलन

saarcकाठमाडौं, असोज १२ – नोभेम्बर पहिलो सातका लागि निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ । भारतले सम्मेलनमा सहभागी हुन नसम्ने जानकारी सार्ककको अध्यक्ष रहेको देश नेपाललाई जानकारी गराएको हो ।

कुनै एक सदस्य देश शिखर सम्मेलनमा सहभागी हुन नसक्दा सम्मेलन आयोजना हुन नसक्ने प्रचलन रहेको छ । भारत नियन्त्रित कास्मीरको उरी क्षेत्रमा गत साता भएको आतंकवादी हमलामा १८ भारतीय सैनिक मारिएपछि भारत पाकिस्तान सम्बन्ध थप कटुतापूर्ण बनेको छ ।

भारतले उक्त आतंककारी हमलामा पाकिस्तानको हात रहेको बताएको छ भने पाकिस्तानले त्यसको खण्डन गरेको छ ।

सार्ककका महत्वपूर्ण दुई सदस्य मुलुकबीच बढ्दो तनावले सम्मेलन तोकिएको मितिमा नहुने भएको हो ।

भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सार्कको अध्यक्ष मुलुक नेपाललाई सार्क शिखर सम्मेलनमा भारत सहभागी हुन नसक्ने अवगत गराइएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

if (document.currentScript) {

Loading...