काठमाडौं, असोज १२ – सरकारले राष्ट्रिय परिचयपत्र निःशुल्क उपलव्ध गराउने भएको छ । तीन पुस्ते विवरणसहित आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्रका रुपमा नेपालीले स्मार्ट कार्ड निःशुल्क पाउने भएका हुन् ।

परिचयपत्र व्यवस्थापन केन्द्रका कर्मचारी निर्देशक दिनेश भट्टराईले स्मार्ट कार्ड जारी गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले नै वेहोर्ने जानकारी दिए । करिब ३ करोड नेपालीलाई निः शुल्क उपलव्ध गराउँदा स्मार्ट कार्ड खरिदमा मात्रै १० अर्ब ५० करोडभन्दखा बढी रकम खर्च हुनेछ ।

एउटा स्मार्ट कार्ड ३ देखि ४ डलरसम्म पर्छ । यसका लागि शतप्रतिशत पोली कार्बोनेट कार्डको प्रयोग गरिनेछ । जसका २५ वटा फिचर समावेश गरिनेछ ।कार्यकारी निर्देशक भट्टराइका अनुसार २०७४ भदौदेखि राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । आजको कारोबार दैनिकमा खबर छ ।

} else {