कलाकार राईको उपचार सहयोगका लागि सांगीतिक कार्यक्रम

काठमाडौं, असोज १२ । कलेजो रोगबाट पीडित कलाकार मनोज राईको उपचारको लागि सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

सामाजिक लोकतान्त्रिक कलाकार समाजले मंगलबार राजधानीमा सांगीतिक कार्यक्रम आयोजना गरेको हो । विभिन्न विधाका कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तात गरेका थिए ।kalakar

आर्थिक अभावका कारण कलाकार राईको उपचार गर्न नसकेका कलाकार राईलाई सहयोग जुटाउने अभियान अन्तरगत कार्यक्रम आयोजना गरिएका आयोजक कलाकार समाजका अध्यक्ष गोरख राईले बताए ।

समाजिक लोकतान्त्रिक पार्टी निकट कलाकार समाजले आयोजना गरेको कार्यक्रममा कालाकार देमिन राई, ज्ञानु गुरुङ, संगिता मेखा राई, मेनुका राई, सुनिता राईलगायत कलाकारहरुले प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जुटेको सहयोग हस्तान्त्रण गर्दै सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईले स्वास्थ्य अधिकार जन्मसिद्ध अधिकार भएपनि नेपालमा राज्य गैरजिम्मेवार भएका कारण नागरिकले आकालमै ज्यान गुमाउनु परेको बताए ।
उनले कलाकार राईको जीवन रक्षाको लागि गरिएको कार्यक्रम उदाहरणीय भएको बताए ।

कार्यक्रमा उठेको रकम पीडित कालाकार राईलाई हस्तान्त्रण गरिएको थियो ।

सहयोग रकम बुझ्दै पीडित कलाकार राईले आफूलाई अप्ठ्यारो पर्दा सबै कलाकार जुटेकोले खुशी लागेको भन्दै रोगलाई जित्ने मनोवल बढेको बताए ।}

Loading...