खेलमा हार व्यहोरेपछि श्री कुमारी क्लबद्वारा रेफ्री कुटिए (भिडियोसहित)

काठमाडौँ, असोज १२ – सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत श्री कुमारी क्लबको अफिसियलले रेफ्रि कुटेका छन् । कुमारी क्लब र एनआरटि बिचको खेलमा कुमारीले हार व्यहोरेपछि क्लबका अफिसियललले रेफ्री कुटेका हुन् ।

खेलको दौरान एक फल नदिएको निहुँमा फिफा रेफ्री सुदिश पाण्डे, फिफा असिस्टेन्ट रेफ्री पदम भुजेल र युनल मल्ललाइ अफिसियलहरुले हातपात गरेका हुन् । श्री कुमारी क्लबका टिम म्यानेजर अनुप अधिकारी लगायतका टिम बेन्चमा रहेका अफिसियलले रेफ्रीलाइ खेल सकिएलगत्तै मैदान भित्रनै कुटेका थिए । क्लबका अध्यक्ष नकुल हमाल पनि रेफ्रीमाथि जाइलागेका थिए ।