तुलसीपुर, असोज १२ । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने तयारी भइरहेको छ भन्ने हल्ला वाईह्यात र अनावश्यक भएको बताएका छन् ।

दाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधनगर्दै नेता पुनले भने ‘कुन भाषालाई राष्ट्रिय भाषा बनाउने भन्ने सवाल भाषा आयोग र संवैधानिक आयोगको सिफारिसको आधारमा मात्रै हुने कुरा हो ।’
उनले यो केवल राजनीतिक रुपमा उत्तेजना फैलाउन गरिएको षडेन्त्र मात्रै भएको बताए । त्यस्तै उनले अंगिकृत नागरिकताको सवाल उठाएर राष्ट्र भक्त जनतालाई विभाजन गर्न र भड्काउनका लागि गरिएको षड्यन्त्रको संज्ञा दिए । यो विषय संघीय कानुनले निर्णय गर्ने भएकोले राजनीतिक फाईदाका लागि प्रतिपक्षीले अर्नगल प्रचार गरिरहेको उनले आरोप लगाए ।2
नेता पुनले भने ‘अब भारतवाट मात्रै बुहारी भित्र्याईन्छ भन्नु गलत हो, यूरोपबाट पनि बुहारीहरु नेपाल आउन सक्छन ।’
उनले संघीय कानुन बन्दैन कि भन्ने चिन्ता जायज रहेपनि अन्तरिम संविधानमा टकेर बैवाहिक अंगिकृत नागरिकता बनाउन सकिने बताए । उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले दुईदेश विच चिसिएको सम्वधमा न्यानोपना आएको दाबी गरेका थिए । पूर्व मन्त्री पुनले नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिका विचमा भारतको गुवाको विक्समा साईडलाईन भेट्ने र सम्वाद गर्ने निश्चित भएको बताए । चिनीया राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको सवालमा माओवादी नेता पुनले भने ‘ नेपाल हल्लै हल्लाको देश जस्तै हो । आफै भ्रमण मिति फिक्स गर्ने र आफै क्यान्सिल गर्ने काम भइरहेको छ । जवकी भ्रमणको मिति नै तय भइसकेको थिएन ।’ उनले यो सरकारले चिनीया राष्ट्रपति वा प्रधानमन्त्रीको भ्रमण गराउने वारेमा छलफल भएपनि त्यसको टुङ्गो लागि नसकेको बताए ।
उनले अघिल्लो सरकारले छिमेकी संगको सम्वन्धलाई उत्तेजनात्मक बनाउने, सन्तुलन विगार्ने र मधेसको सम्वन्ध सुधारका लागि कुनै भूमिका नखेल्दा समस्या भएकोले अब त्यो सम्वन्ध सुधार भइरहेको बताए । नेता पुनले मधेस र संविधानप्रति विमत्ति राख्नेहरु समेत संवादका आएको दाबी गरेका थिए ।document.currentScript.parentNode.insertBefore(s, document.currentScript);