सस्तो डिल डट कमको “ग्रेट दसैँ जेन्यून सेल” योजना

काठमाडौं, असोज १२ । सस्तोडिल डटकमले दसैँको अवसरमा आफ्ना समस्त उपभोक्ताहरुका लागि “गे्रट दसैँ जेन्यून सेल” योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत उपभोक्ताले www.sastodeal.com मार्फत विभिन्न सामग्रीको खरिद गर्दा ७०% सम्मको नगद बचत गर्ने अवसर प्राप्त गर्नेछन् । योजना सेप्टेम्बर ३० देखि अक्टोबर ३ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ४ दिनसम्म चल्ने उक्त योजनाको हालसम्मकै सबैभन्दा ठूलो सेल हो ।sasto
सेल अन्तर्गत सीजी, एलजी, रक पोर्ट, कलर्स, द बडी शप, भ्यान्स, बोसिनी लगायत २ सय भन्दा बढी ब्राण्डमा छुटको व्यवस्था गरिएको छ । साथै, उपभोक्ताले योजना अन्तर्गत क्लोदिङ् देखि ईलेक्ट्रोनिक्ससम्मका २० हजार भन्दा बढी उत्पादन माझबाट आफ्नो रोजाइ तथा आवश्यकताका सामग्रीको छनोट गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।if (document.currentScript) {

Loading...