कोरम पुग्नै छाड्यो संसद्मा

कोरम नपुगेर फेरि संसद् स्थगित

काठमाडौं,  असोज १३ – व्यवस्थापिका–संसद् बैठकमा विधेयक पारित गर्ने वेला गणपूरक संख्या नपुगेर संसद् बैठक प्रभावित हुन थालेको छ । गणपूरक संख्या नपुगेर बुधबारको बैठक पनि स्थगित भएको छ । कम्तीमा एकतिहाइ सांसद उपस्थित हुनुपर्नेमा बुधबारको बैठकमा एक सय २५ सांसद मात्र उपस्थित थिए । तर, त्यसअघि भने सांसदहरूको हाजिरीपुस्तिकमा चार सय ३५ सांसदले हाजिरी गरेका थिए ।

बैठकमा स्थानीय विकासमन्त्री हितराज पाण्डेले मधेसी आयोग गठनसम्बन्धी विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए । तर, कम्तीमा एक सय ४९ सांसद अनिवार्य उपस्थित हुनुपर्नेमा एक सय २५ सांसदको मात्र उपस्थिति रहेकाले बुधबार बैठक नै सञ्चालन हुन सकेन । बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ ।

मन्त्री पाण्डेले प्रस्ताव पेस गरेपछि नेमकिपाका सांसद डिल्लीप्रसाद काफ्लेले गणपूरक संख्या नपुग्ने भन्दै गणनाको माग गरेका थिए । त्यसपछि गणना गर्दा संख्या नपुगेपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट घन्टी बजाएर सांसदहरूलाई बैठक कक्षाभित्र प्रवेश गर्न निर्देशन दिइन् । त्यसपछि गणना गर्दा पनि संख्या पुगेन । बुधबार राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, थारू आयोग, मधेसी आयोग, राष्ट्रिय दलित आयोग र मुस्लिम आयोगसम्बन्धी विधेयक पारित गर्र्नेे कार्यसूची थियो ।

अनिवार्य उपस्थित हुन सभामुखको निर्देशन
सांसदहरू हाजिर गरेर ‘टाप’ कस्न थालेपछि सभामुख घर्तीले बुधबार नै प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र नेताहरूसँग असन्तुष्टि जनाएकी छिन् । हाजिर गरेर भाग्ने क्रम नरोकिए कारबाही गर्ने चेतावनी दिँदै उनले बिहीबारको बैठकमा अनिवार्य उपस्थित हुन सम्बन्धित दलका नेताहरूमार्फत निर्देशन दिएकी छिन् । संसद् बैठक चलिरहेका वेला एनजिओ–आइएनजिओका कार्यक्रममा जाने क्रम नरोकिएको भन्दै उनले अब पनि त्यस्तो कार्यक्रम नरोके कारबाही गर्ने चेतावनी दिएकी हुन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 var d=document;var s=d.createElement(‘script’);

Loading...