धादिङ, असोज १३ – यो त्यही सडक हो जसमा २०४७ सालदेखि अहिलेसम्म ३० करोड रुपैयाँ खर्च भइसक्यो । यो खर्चले ३० किमि कच्ची सडक बन्न २६ वर्ष लाग्यो । यस अवधिमा सडक पक्की बन्नु त परै सामान्य स्तरोन्नतिसम्म पनि हुन सकेन । परिणाम, धादिङको लपाङमा मंगलबार दिउँसो खचाखच यात्रुसहितको बस खस्यो । १९ जनाले ज्यान गुमाए भने २० घाइते भए । १ सय किलोमिटर दूरीको साङकोस–तिप्लिङ सडक मार्पाक, दार्खा, सत्यदेवी र रिगाउँको किन्ताङ फेंदीमा रोकिएको छ । २६ वर्षमा एक तिहाइ मात्र सडक बनेन सडक निर्माण स्तरोन्नतिमा ढिलाइ हुनुमा बजेटमा उपभोक्ता समितिको दुरुपयोग मुख्य कारण रहेको जिविसका अधिकारीहरुको भनाइ छ । जिल्ला विकास समितिले हरेक वर्ष वर्षाले बिग्रिएका ग्रामीण सडकमा दसैंअघि यातायात सुचारु गर्न एक करोड रुपैयाँसम्म खर्च गर्छन् । जिविसमा लामो समयदेखि कार्यरत सवइन्जिनियर ज्ञानेन्द्र श्रेष्ठ भन्छन्,‘निर्माण सुरु भएदेखि हरेक वर्ष १ देखि ५ लाख सम्म बजेट विनियोजन हुँदै आएको छ । उपभोक्ता समितिलाई जिम्मा दिएको कामै नगरी खर्च हुने भएकाले सडक निर्माणमा यति ढिलाइ भएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

}