भारतले किन गर्यो सार्क सम्मेलन बहिष्कार ?

saarcनयाँदिल्ली – पाकिस्तानलाई कूटनीतिक रुपमा एक्लो पार्ने रणनीतिअनुसार भारतले आगामी नोभेम्बर ९ र १० मा इस्लामावादमा हुने १९ औं सार्क सम्मेलनमा भाग नलिने घोषणा गरेको छ । भारतको निर्णयसँगै पूर्वनिर्धारित सार्क सम्मेलन तत्काललाई स्थगित भएको छ । स्थगनको औपचारिक घोषणा हुन भने बाँकी छ ।

यससँगै सार्कको आगामी सम्मेलन मात्र होइन, समग्र विगतमा झैं भारत र पाकिस्तान तनावको छायामा पर्ने निश्चित छ । अब दुवै देशबीच सम्बन्ध नसुधारेसम्म सम्मेलन हुन कठिन छ । जानकारहरुका अनुसार भारतले अब पाकिस्तानले आतंकवादी गतिविधिलाई सहयोग गरेको भन्दै सार्कका अन्य सदस्य मुलुकलाई भारतको पक्षमा एैक्यवद्धता व्यक्त गर्न लबिङ गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

} else {

Loading...