kkसिन्धुली, असोज १३ – सिन्धुलीमाडी नगरपालिका–५ जमुनाटारमा बुधबार बिहान ठूलो खैलाबैला सुरु भयो । छिमेकी गाउँ निवुवाटारबाट कसैले केटी भगाएर ल्याएको खबर टोल छिमेकमा फैलिएको थियो । विपी राजमार्गबाट झन्डै तीन किलोमिटर मात्रै भित्र रहेको यो चुरेक्षेत्रको चुरो चाहिँ के थियो भने अभिनेता दयाहाङ राईले अभिनेत्री केकी अधिकारीलाई भगाएर साथीको घरमा लुकाउन ल्याएका थिए । छिनभरमै भगौडा जोडीलाई हेर्न मान्छेहरुको भीड लाग्यो । दयाहाङ र केकी भने साथी पासाङको घरमा भात खाँदै थिए । एक्कासि केकी जुरुक्क उठिन् र बाहिर आइन् । उनले त उल्टी पो गर्न थालिन् । हल्का लाज मानेको भावमा आँगनमा देखिएका दयाहाङले केकीलाई विस्तारै भने, ‘उल्टीचाहिँ नगरिदिएको भए हुने ।’ केकीले थोरै लजाउँदै भनिन्, ‘आइहाल्यो त के गरु ?’

यो दृश्य र गाइँगुइँ भने साच्चिकै थिएन । फिल्म घामपानीको छायांकनमा भेला भएका दर्शक र फ्यानहरुका लागि भने यो निकै रमाइलो दृश्य थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।if (document.currentScript) {