संयुक्त वक्तव्य र गाउँपालिका निर्माण शैलीप्रति नयाँ शक्ति रुष्ट, धर्नालगायत विरोध कार्यक्रम सार्वजनिक

naya shaktiकाठमाडौं, असोज १३ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४ दिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच भएको २५ बुँदे संयुक्त वक्तव्यलाई नयाँ शक्तिले राष्ट्रघातीको संज्ञा दिएको छ । उसले नेपाललाई भुटानीकरण गराउन यस्तो राष्ट्रघाती संयुक्त वक्तव्य आएको भन्दै विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।

यसमा धर्नालगायत शान्तिपूर्ण विरोधका कार्यक्रमहरु रहेको नयाँ शक्तिका नेता गंगानारायण श्रेष्ठले अखबार दैनिकलाई जानकारी दिए ।

यही असोज १४ गते भद्रकालीमा धर्नाको कार्यक्रम बनाएको नयाँ शक्तिले नेपाल पार्टीले गाउँपालिकामा रुपान्तरण गर्ने सरकारको कदमलाई पनि प्रतिगामी भनेको छ । पञ्चायतकालीन इलाकाहरुलाई गाउँपालिकामा रुपान्तरित गरेर सरकारले प्रतिगामी निर्णय गरेको मत नयाँ शक्तिको छ । उसले दैनिक उपभोग्य सामानहरूको कृत्रिम अभाव, महँगी, कालाबजारी र यातायात क्षेत्रको सिण्डिकेटप्रति पार्टीकोे ध्यानाकर्षण भएको जनाउँदै १४ गते बिहान १० बजे भद्रकालीमा हुने धर्नामा  सहभागी हुन सबैसँग आग्रह गरेको छ ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Loading...