यसरी मायामा परे बले र रक्षा (हेर्नुहोस् भिडियो)

काठमाडौं असोज, १२ । हास्यटेलिश्रृखला “भद्रगोल” मा अभिनय गरेर चर्चामा आएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । “क पुरी क” बोलको सार्वजनिक गीतमा रक्षा बलेको जोडी बनेर अभिनय गरेकी छिन् ।ka-puri-ka-1

भिडियोमा रक्षा र बलेसँगै हेलो क्रियू ग्रुपका कलाकारहरुले पनि नृत्य गरेका छन् । भीम बिसीको शब्द र संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको एरेन्ज रहेको छ । गीतमा सुनिल कटवाल र एन्जीला रेग्मीको स्वर रहेको छ । रोमान्टिक थिममा तयार पारिएको सार्वजनिक भिडियोलाई बव्बु थापाले निर्देशन गरेका हुन् ।document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

Loading...