सेक्स गरेपछि बाथरुम छिरेर के गर्छन् महिलाहरु !

एजेन्सी – भनिन्छ  मानव जीवनलाई सफल बनाउनका लागि चाहिने आधारहरु मध्ये सेक्स पनि एक हो । सेक्स मानव जीवनको एक नियमित प्रकृया भएका कारण यो कुनै जटिल वा फराकिलो विषय होइन, जति आम मानिसले यसलाई कठोर सम्झिरहेका छन् ।
यौनलाई मानिसले जति अप्ठेरो रुपमा सोच्दै जान्छ त्यो उतिनै अप्ठेरो मोडतर्फ प्रवेश गर्छ । यद्यपी यौनसम्पर्क गर्नु अघि वा पछिका लागि आफ्नै अनुशासन पनि हुने गर्छन् । यौनलाई धेरै नै सहज ठानेर आचरणहीन उच्श्रृङखल बनाउन थालियो भने यसले फेरि जीवनमा अर्को जटिलता सिर्जना गर्न पुग्छ ।

sex-leadis
सेक्स सन्तोत्पादन गर्ने प्रकृयामात्र नभएर शारिरीक तथा मानसिक खुसी दिलाउने एक बलियो सम्बन्ध पनि हो । त्यस कारण पनि यसले मानव स्वास्थ्यलाई फाइदा नै पुग्ने गर्छ । तर आजहामी एउटा नयाँ विषयमा चर्चा गर्दै छौं ।
अक्सर हामीले सेक्स पछाडि पुरुषहरु थाक्छन् भन्ने कुरा सुन्दै र अनुभव गर्दै पनि आइरहेका हुनसक्छौं । तर यौन सम्पर्क पछाडि महिला निराश बन्ने गरको कुराहरु हामीले कमैमात्र सुनेका हुन सक्छौ ।

किन की वीर्यस्खलन पछाडि थकित पुरुषले महिलासँग अन्तरंग गर्ने गरेका नपाइने विभन्न अनुसन्धानले देखाउँदै आएका छन् । त्यसकारण पनि अधिकांश पुरुषहरुले यौनसम्पर्कपछि महिलासँग सहवासको अनुभव साट्ने गर्दैनन् । जसले गर्दा सहवासमा साथ दिइरहेको आफ्नो पार्टनरले सेक्स पछाडि के सोचिरहोलारु उसलाई कस्तो लागिरहेको छ भन्नेमा पुरुषहरुले हेक्का राख्दैनन् ।
तर एउटा अन्तर्राष्ट्रिय अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुने गरेको पत्ता लगाएको छ । त्यतिमात्र होइन सेक्स पछाडि त्यसरी महिलाहरु निराश बन्नुका केही कारणहरुसमेत निक्र्यौल गरेको छ ।

क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ ।

२ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ ।