एजेन्सी – अस्ट्रेलियाको भिक्टोरिया प्रान्तले सार्वजनिक रुपमा नग्न नितम्ब देखाउनुलाई अपराध घोषित गरेको छ ।
यद्यपि आफ्नो नितम्ब देखाउनु विरोधको एउटा तरिकामा पनि मान्ने गरिएको छ। केही कानुनअनुसार यसलाई अपराध पनि मानिएको छ। यस्तो गर्दा पहिला पनि कानुनअनुसार दण्डको प्रावधान थियो ।

shutterstock_229342270
तर अब यसलाई विशेष विधेकअन्तर्गत प्रतिबन्धित गरिएको हो । यसप्रकारको अपराध पहिलोपटक गर्दा दुई महिनासम्म जेल सजायउ हुन सक्ने व्यवस्था गरिएको छ।
तर पटकपटक यही हर्कत दोहोराए ६ महिनासम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था गरिएको छ। भिक्टोरियामा यौन अपराधसँग सम्बन्धित कानुनमा करिब ५० संशोधन गरिएको छ।
एजेन्सी – समरी आफेन्सेज एक्टमा भनिएको छ–अभर्द व्यवहार वा अपमानजनक व्यवहारमा कसैलाई यौन अंग देखाउनु पनि पर्दछ ।
यो कानुनअन्तर्गत ‘अश्लील गीत गाउन’ पनि प्रतिबन्ध लगाइएको छ। यसलाई ‘अभद्र, अपद्रवी, आक्रामक र अपमानजनक’ मानिएको छ।