प्रमबाट भरतपुर अस्पतालको आकास्मिक निरीक्षण

चितवन, असोज १३ – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने प्रस्ताव आफूले संसद्मा राखिसकेको बताएको छ । भरतपुर अस्पतालको आज बिहान निरीक्षणपछि बोल्दै प्रमले यसले स्वास्थ्यको पहुँच नपुगेका जनतालाई समेट्ने विश्वास व्यक्त गरे ।

k|d bfxfn e/tk'/ c:ktfndf lrtjgdf /x]sf] e/tk'/ c:ktfnsf] laxLaf/ laxfg cfsl:ds lg/LIf0fkl5 k|wfgdGqL k'iksdn bfxfn . tl:a/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

सरकारले स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै प्रमले भने – भरतपुर अस्पताललाई सरकारी तवरबाट हुनसक्ने सहयोग गर्न म तयार छु ।

सबैभन्दा पुरानो स्थापित र आमजनताले विश्वास गरेको यो अस्पतालका बारेमा बुझ्न अपर्झट आफू आएको जानकारी दिँदै प्रचण्डले अस्पतालको सेवालाई गुणस्तरीय बनाउँदै लैजान निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले अस्पतालका आकस्मिक कक्ष, प्रसूति कक्ष, सघन उपचार कक्ष, बाल सघन उपचार कक्ष, शल्यक्रिया कक्षलगायतका सबै वार्डमा पुगेर बिरामी र तिनका आफन्तसँग उनीहरुको अवस्थाबारे जानकारी लिएको थियो ।

सो क्रममा बिरामी र आफन्तले भोग्नुपरेका समस्या र पाएका सुविधाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । छिमेकी जिल्लाबाट आएका बिरामीले सामान्य उपचारका लागिसमेत भरतपुरसम्म आउनुपरेको भन्दै छिमेकी जिल्लाका अस्पतालको स्तर वृद्धिका लागि पनि आग्रह गरेका थिए ।

सो क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनी र अर्का डा भोजराज अधिकारीले अस्पतालका तर्फबाट ज्ञापनपत्र दिँदै प्रदेशमा स्थापना गर्न लागिएको मेडिकल कलेज भरतपुर अस्पतालमा पार्न, अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न र थप स्तर वृद्धि गर्न आग्रह गरे ।

} else {

Loading...