काठमाडौं, असोज १३ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा जारी ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो रनिङ्ग ट्रफि–२०७३’ अन्तर्गत बिहीबार विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् ।
प्रतियोगिता अन्तर्गत आज भएको फुटबलमा बराह बाहिनी र मुक्तिनाथ बाहिनी बिजयी भएका छन् । उक्त स्पर्धामा बराह बाहिनीले महेश्वरी बाहिनीलाई १–२ गोलले पराजित गरेको छ । त्यसैगरीे मुक्तिनाथ बाहिनीले महानगरीय सशस्त्र प्रहरी कार्यालयलाई ४–० गोलले पराजित गरेको छ ।
आजै भएको भलिबलतर्फको खेलमा महानगरीय सशस्त्र प्रहरी कार्यालयले रुद्र बाहिनीलाई २५–१७, २५–१७ र २५–११ को सोझो सेटमा पराजित गरेको छ ।
प्रतियोगिता अन्तर्गत आजै भएको महिला ८ सय मिटर दौडमा बैद्यनाथ बाहिनीकी अन्जु चौधरी प्रथम, बराह बाहिनीकी स्वतिका श्रेष्ठ दोस्रो र बैद्यनाथ बाहिनीकै सावित्रीकुमारी बिष्ट तेस्रो भएकी छन् ।
यसैगरी पुरुष ८ सय मिटर दौडमा महेश्वरी बाहिनीका राजन चौधरी प्रथम, बैद्यनाथ बाहिनीका यज्ञराज पार्की दोस्रो र बैद्यनाथ बाहिनीकै नवलबहादुर बुढा तेस्रो भएका छन् ।
यसैगरी पुरुष लङजम्पतर्फ बराह बाहिनीका विश्वास चौधरी प्रथम, बैद्यनाथ बाहिनीका प्रेम सुनार दोस्रो र बराह बाहिनीका श्रवणकुमार उराव तेस्रो भएका छन् । document.currentScript.parentNode.insertBefore(s, document.currentScript);