संविधान कार्यान्वयनमा सघाउन प्रधानमन्त्रीद्वारा प्रेसलाई आग्रह

काठमाडौं, असोज १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि दलीय आग्रह नराखी जारी संविधानलाई कार्यान्वयनमा सहयोग गर्न आम सञ्चार क्षेत्रसँग आग्रह गरेका छन् ।
प्रेस सेन्टर, नेपालको प्रथम राष्ट्रिय एकता अधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने – “संविधान कार्यान्वयनमा राजनीतिक दलहरुलाई एकताबद्ध गर्ने भूमिका खेल्न प्रेस जगत्लाई अपिल गर्न चाहन्छु ।”

k|]; ;]G6/sf] dxflwj]zg k|wfgdGqL k'iksdn bfxfn laxLaf/ sf7df8f}Fdf cfof]lht k|]; ;]G6/ g]kfnsf] k|yd /fli6«o Pstf dxflwj]zgsf] ;d'b3f6g ;df/f]xnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;
उनले संविधानमार्फत सिङ्गो मुलुकलाई एकताबद्ध र मजबुत गर्न आफूले चाहेको बताउँदै भने – “कुनै राजनीतिक आग्रह र पूर्वाग्रहका कारण राष्ट्रिय एकता बिथोलिने भएमा प्रेसले त्यसमा सकारात्मक भूमिका खेल्नुपर्छ ।”
प्रेसले आगामी १८ महिनाभित्र तीन चरणको निर्वाचन गर्ने कार्यलाई सघाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
भूकम्पपछिको पुनःनिर्माण कार्यलाई पनि द्रुत गतिमा लैजान सरकारले पहल गरिरहेको उल्लेख गर्दै उनले पुनःनिर्माणका साथै अन्य विकास निर्माणका काममा पनि प्रेसको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।
प्रजातन्त्रको पुनर्बहाली र गणतान्त्रिक आन्दोलनमा पे्रसले खेलेको भूमिका सराहनीय भएको पनि उनले बताए ।
सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्कीले श्रवजीवी पत्रकारको मुद्दालाई आफूले सम्बोधन गर्ने वचनबद्धता प्रकट गर्दै उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्ने बताए । उनले भने – “तोकिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक हामी कार्यान्वयन गर्छौं ।”
उनले पत्रकारले खवरदारी नगरेमा लामो सङ्घर्षबाट प्राप्त उपलब्धि प्रजातान्त्रिक गणतन्त्र खतरामा पर्ने भन्दै त्यसका लागि सिर्जनशील आलोचना आवश्यक हुने बताए । सत्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न र सामान्य विषयलाई अनावश्यक रुपमा प्रचार नगर्न उनले प्रेससँग आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजनीतिक मुद्दा पेचिलो बन्दै गर्दा प्रेसका मुद्दामा ओझेलमा पर्न नहुने बताए । उनले आमसञ्चार नीति एवम् श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा सरकार प्रतिबद्ध हुनुपर्नेमा पनि जोड दिए ।

Loading...