चाडपर्वको अवसरमा एनसेलको ‘दोव्बर पैसा व्याक’ अफर

काठमाडौं, असोज १३ । मोबाईल सेवा प्रदायक एनसेलले चाडपर्वको अवसरमा ‘दोव्बर पैसा व्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् ।

चाडपर्वको अवसर पारी आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याएको यो योजना आजदेखि लागु भएको हो । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७१२४ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी भई लाभ लिन जनाइएको छ । सहभागितासँगै ग्राहकले बोनस प्राप्त गर्न आफुले प्रयोग गर्नुपर्ने रकमको जानकारी पाउनेछन् । उक्त रकम बराबरको मेन व्यालेन्स प्रयोग हुने बितिक्कै सोहि रकम बराबरको दोब्बर रकम बोनस ब्यालेन्सको रुपमा तत्काल प्राप्त गर्न सक्नेछन् ।

प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वक भित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । बोनस एक दिनमा एक पटक मात्र प्राप्त हुनेछ र प्राप्त बोनस त्यहि दिन मध्यरात सम्म मान्य हुनेछ । ncell

भोलिपल्ट पुनः तोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले दोव्बर बोनस प्राप्त गर्नेछन् । यसरी एक पटक योजनामा सहभागी भएपछि ग्राहकले योजना अवधिभर प्रत्येक दिन बोनस प्राप्त गरि आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन सक्नेछन् ।
“चाडपर्वको बेलामा हामी आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग अझ बढि सम्पर्कमा रहन चाहन्छौं ।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “ग्राहकको यहि चाहनालाई कदर गर्दै यो योजना ल्याएको छौ । यसले ग्राहकलाई थप लाभ प्रदान गर्दै आफ्ना प्रियजनसँग अझ बढी सम्पर्कमा रहन सहज बनाउने छ ।”
यो योजना ९० दिनको लागी मान्य हुने जनाइएको छ ।} else {

Loading...