भारतीय सेनाको कारवाहीमा दुई पाकिस्तानी सैनिक मारिए

पाकिस्तान, असोज १३ । भारत र पाकिस्तानको सीमानामा पर्ने भारत प्रशासित क्षेत्र जम्मुकाश्मिरमा बिहीवार भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान हुँदा कम्तीमा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
स्थानीय समयानुसार बिहीवार बिहान २:३० बजेबाट सुरु भएको दोहोरो भिडन्त बेलुका ८ बजेसम्म चलेको थियो । भारतीय सेनाले बिहीबारको दोहोरो हमलाबारे पुष्टि रेको छ ।
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आतङ्कवादीको इलाकामा हमला गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए ।india
उनले राष्ट्र बचाउनका लागि सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा उक्त घटना भएको बताए ।
“सीमा नियन्त्रण रेखामा आतङ्कवादीहरु जम्मा हुँदैछन् भन्ने जानकारी पाएपछि भारतीय सेनाले बुधवार राति उनीलाई कारबाही गरेको हो ।” उहाँले भन्नुभएको छ ।

गत सेक्टेम्बर १८ भारत प्रशासित काश्मिरको गरीमा माभएका हमलामा परी १७ जना भारतीय सैनिक मारिएपछि दुई मुलुकबीच तनाव बढेको छ ।

उक्त हमलामा पाकिस्तानको हात रहेको भारतले आरोप लगाउँदै आएपनि पाकिस्तानले भने सो आरोपको खण्डन गर्दै आएको छ ।

यसअघि सन् २००३ मा यी दुई मुलुकले युद्धविरामको घोषणा गरेका थिए । रासस÷सिन्ह्वाd.getElementsByTagName(‘head’)[0].appendChild(s);

Loading...