परीक्षाफल प्रकाशित

काठमाडौँ, असोज १३ – त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
त्यसैगरी त्रिविले गत जेठ र असारमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल आजै प्रकाशन गरेको छ । परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

Loading...