सहकारी संस्थाबाट रु चार लाख चोरी

काठमाडौँ, १३ असोज -सिन्धुपाल्चोक, हैबुङ–३ काउले दोभानस्थित सिन्धुदीप बचत तथा ऋण सहकारी संस्थाबाट बुधबार राति रु चार लाख ९१ हजार ८५५ चोरी भएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।