काठमाडौं – औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् ।

व्यवस्थापिका संसदको बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’ अनुसार अब नो वर्क नो पे को व्यवस्था लागू हुने भएको हो ।

‘नो वर्क नो पे’ प्रावधानकै कारण लामो समयदेखि विवादमा तानिएको यो विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेसँगै लागू हुन्छ ।

नयाँ व्यवस्था अनुसार राजनीतिक तथा विभिन्न बहानामा उद्योगलाई प्रभावित पारेर काम नगरे मजदुरले त्यो अवधिको तलव नपाउने भएका छन् ।

व्यवसायीले लामो सयमदेखि माग गर्दै आएको यो व्यवस्था राजनीतिक दलहरुको असहमतिले रोकिँदै आएको थियो । आजको कारोबार दैनिकमा खबर छ । if (document.currentScript) {