काठमाडौं, असोज १४ । नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको नेतृत्व महेश्वर दाहाललाई दिन पार्टी अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री एवम् अध्यक्ष प्रचण्डले पम्फा भुसाल, महेश्वर दाहाल, गोविन्द आचार्य, ओम शर्मा लगायतलाई बोलाएर संगठनको नेतृत्व सहमतिमै महेश्वर दाहाललाई दिन निर्देशन दिएका हुन् ।  तर नेतृत्वमा आकांक्षीहरुबीच सहमति हुन सकेको छैन ।
माओवादी नेतासमेत रहेका दाहालले पनि आफू नेतृत्व गर्न तयार रहेको बताएका छन् । बादलसँगै पार्टी एकीकरणमा मिसिएका उनी क्रान्तिकारी पत्रकार संघको संस्थापक अध्यक्ष समेत हुन् ।mmm
नेतृत्वमा ओम शर्मा, विष्णु सापकोटा ‘जुगल’, बलराम थापा, गोविन्द रोका ‘सचिन’लगायतले दावी गर्दै आएका छन् । अध्यक्ष पदमा आकांक्षीहरु धेरै भएपछि सहमति जुट्न सकेको छैन ।
एक सहभागि प्रमोद दाहालका अनुसार प्रतिनिधिहरुले टिके प्रकृया बन्द गरी निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने अडान राखेका छन् ।document.currentScript.parentNode.insertBefore(s, document.currentScript);


  • शुक्र, अशोज १४, २०७३ मा प्रकाशित    
  • प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    फरक शैलीमा प्रचार

    शुक्र, असार ९, २०७४

    निर्वाचनमय बन्यो पाल्पा

    शुक्र, असार ९, २०७४