काठमाडौं, असोज, १४ । खेल मैदानमै रेफ्री कट्ने श्रीकुमारी क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई बर्ष प्रतिबन्ध लगाएको छ ।
एन्फाले ‘बी’ डिभिजनको क्लब श्रीकुमारी र त्यसका केही पदाधिकारीलाई २ वर्षे प्रतिबन्ध लगाएको हो । बिहीबार बसेको एन्फा अनुशासन कमिटीबैठकले श्रीकुमारी क्लब र पदाधिकारीलाई दुई वर्ष कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको एन्फा स्रोतले जनाएको छ । यसका साथै क्लबलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको समेत बताइएको छ । अनुशासन समितिको निर्णय आज सार्वजनिक गर्ने बताइएको छ ।kumari
मंगलबार एन्फा मुख्यालयमा एनआरटीविरुद्धको खेल सकिएलगत्तै मैदान छिरेर श्रीकुमारीका पदाधिकारीले रेफ्रीमाथि हातपात गरेका थिए । श्रीकुमारी २१ अंकसाथ तेस्रो स्थानमा छ ।if (document.currentScript) {


  • शुक्र, अशोज १४, २०७३ मा प्रकाशित    
  • प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    फरक शैलीमा प्रचार

    शुक्र, असार ९, २०७४