बीबीसी, १४ असोज । सडक अस्तव्यस्त छ । खाल्टाखुल्टीमा पानी भरिएका छन् । सरकारले यथोचित ध्यान दिइरहेको छैन । त्यसो भए सरकारको ध्यान कसरी आकर्षित गर्ने ?
सडक बन्द गर्ने, सरकारविरुद्ध धर्ना कस्ने वा चर्का नारा लगाउने, सामाजिक सञ्जालमा तस्बिर राखेर आदर्शका कुरा गर्ने वा सरकारलाई गाली गर्ने वा यस्तै यस्तै । तर थाइल्याण्डकी एक चर्चित मोडेलले सडकमा बनेका खाल्डाखुल्डीमा जमेको पानीमा नुहाएर सरोकारवाला निकायको ध्यानाकर्षण गराएकी छन् ।bb
थाइल्याण्डको मइ रमत जिल्लामा स्थानीय मोडेलले आफू हिँड्ने बाटोमा खाल्डाखुल्डी परेर पानी जमेपछि सरकारको ध्यानाकर्षण गर्न यस्तो उपाय अपनाएकी हुन् । सडकको खाडलमा जमेको पानीमा ‘विरोधको स्नान’ गरेर उनले बिग्रेको सडकले जनतालाई दिएको सास्ती र दुर्घटनाका कारण ज्यान गुमाउनु पर्ने अवस्थाबारे ध्यानाकर्षण गराइन् ।
उनको यो विरोधको वैकल्पिक शैलीको सामाजिक सञ्जालमा व्यापक शेयर भयो । खासगरी थाइल्याण्ड र चीनमा उनले व्यापक चर्चा बटुलिन् । उनको यो कामलाई अन्य महिलाहरुले पनि पछ्याउन थाले र सडकको खाडलमा जमेको पानीमा नुहाएर विरोधमा उत्रनेहरुको संख्या बढ्न थाल्यो ।b

नातिनीको यस्तो शैलीलाई ‘हजुरआमा’को पुस्ताले पनि खोन कइन प्रान्तमा साथ दिए र थाइल्याण्डको पूर्वी क्षेत्रमा पनि सडकको खाडलमा जमेको पानीबाट नुहाउनेहरुको भीड बढ्न थाल्यो । उनीहरुले बितेको ३० वर्षसम्म सडक मर्मत नगरेको भन्दै विरोधको स्वर बोले । यस्तो विरोधपछि सरकारले वर्षा सकिनासाथ सडक मर्मत गर्ने बचन दिएको छ ।
टाक प्रदेशका गभर्नरले कति पनि ढिला नगरी सडक मर्मत गर्न निर्देशन दिइसकेको बीबीसीले जनाएको छ । यति मात्र होइन, सम्भव भएको ठाउँमा सडक बनिरहेको छ भन्ने सन्देश दिन केही ठाउँमा सडक मर्मत भइरहेको तस्बिरहरु पनि पोस्ट हु

bbbbन थालेका छन् ।bbb} else {