कोपिला गुरुङ र प्रेम अर्यालको दशै राम्रो जमरा लाएर को बिमोचन

काठमाडौ, असोज १४ – आज लोक तथा दोहोरी गायिका तथा मोडल कोपिला गुरुङ र गायक पुर्ण अर्यालको दशै राम्रो जमरा लाएर को बिमोचन गरिएको छ । काठमाडौको झम्सिखेल स्थित १२६ पार्क रोड रेष्टुरेन्टमा कलाकार ,ब्यबसायी पत्रकारबिच गरिएको बिमोचनमा कार्यक्रमको अध्यक्ष गोरखा चौतारी म्यूजिक प्रा लि का संचालक सुनिल लामिछानेले गरेका थिए ।

unnamed-1

सफल ब्यबसायी दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार तथा समाजसेवी भिम श्रेष्ठले उपस्थित पाहुनाहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरे । गायक गायिकाको आगामी दिन पनि संगीतमय बनोस भन्दै शुभकामना मन्तव्य दिएका श्रेष्ठले गायक गायिका को प्रतिभाको प्रशंसा गरेएको थियो ।
गायक तथा गायिकाहरुको आफन्त, शुभचिन्तकहरुले भरिएको हलमा गीतको भाव बारे आफ्नो अनुभुती सुनाउदा गायक प्रेम अर्यालले खुसिको आशु रोक्न सकेनन । गीत प्रदेशिएका श्रीमान दशैमा घर फर्कदा हुने अनुभुतिलाइ दर्शाएको गायिका गुरुङले बताईन ।
बिमोचन कार्यक्रमका प्रमुख अतिथी दिपक कार्की ले शुभकामना दिदै गीत असाध्यै राम्रो समयसापेक्ष रहेकोले राम्रो बजार लिनेमा बिश्वस्त पार्नु भएको थियो । उक्त गीत गोरखा चौतारी म्यूजिक प्रा लिको प्रस्तुती मा चिज गुरुङ र सागर बि सि ले शब्द कोर्नुभएको हो। सांगीतिक माहोल बाट सुरु भएको बिमोचन कार्यक्रमलाई शुभकामना मन्तव्यसंगै सभाध्यक्ष सुनिल लामिछनेले समापन गरे ।