भारतीय ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

विराटनगर, १४ असोज । भारतीय मालबाहक लहरीको ठक्करबाट आज दिउँसो एक महिलाको मृत्यु भएको छ ।
मृत्युहुनेमा मोरङ कोसीहरैचा–३ विराटचौंकका ३५ वर्षीया मनिषा बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
भारतको जोगवनीबाट आइरहेको एनएलओ ०१३६ नम्बरको लहरीले को ७ प ४५२० नम्बरको मोटरसाइकललाई शिवमन्दिर चौकनजिकै ठक्कर दिदाँ मोटरसाइकलको पछाडि सिटमा बसेकी मनिषाको घटनास्थलमैं मृत्युभएको हो । truck
ठक्कर दिने लहरी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।