यस्ता छन् किड्नीमा पत्थरी हुनुको कारण र जोगिने उपायहरु

काठमाडौ, असोज १४ – पछिल्लो समय मानिसहरुमा पत्थरीको समस्या विकराल बन्दै गएको छ । विशेष गरेर मानिसहरुमा अस्वस्थ खानपान र बदलिदो जीवनशैली यसको मुख्य कारण हो । पत्थरी हुनुको अन्यकारणहरुमा शरीरमा पानीको कमी, तापक्रम, आद्रता लगायत हुन् ।

webmd_rm_photo_of_kidney_diagram

आजको श्रृखलामा हामी पत्थरीबाट जोगिनका लागि गर्नु पर्ने ७ कामको चर्चा गर्न गइरहेका छौ ।

१ . दैनिक प्रयाप्त मात्रामा पानी पिउने
विशेषगरेर गर्मी मौषममा पत्थरी हुने मुख्य कारण पानीको कमी हो । गर्मीमा शरीरमा पानीको माग बढी हुन्छ । कम्तिमा २ घण्टामा बाथरुम जानु हुन्न भने बुझ्नुस् तपाइँले कम पानी खाँदै हुनुहुन्छ । गर्मीमा प्रयाप्त पानी पिउनु पत्थरीबाट मुक्ति पाउने एउटा सरल उपाय हो ।

२ . कागती पानी पिउने
कागती पानीले पनि मानिसहरुलाई पत्थरी हुनबाट बचाउछ । यसले पत्थरीबाट जोगाउँछ । यसले पेटमा हुने समस्याबाट पनि जोगाउँछ ।

३ . सोडाको सेवन कम गर्ने
पछिललो समय खानामा सोडा मिसाउने चलन व्यापक चलेको छ । पत्थरीका लागि भने सोडा घातक मानिन्छ । पत्थरीबाट बच्नका लागि सोडा हुने खानाबाट टाढै बस्न उपयुक्त मानिन्छ ।

४ . क्याफिनको प्रयोग कम गर्ने
क्याफिनले शरीरमा पानीको कमी हुने अवस्था उत्पनन्न गराइँदिन्छ । चिया कफीको साटो पानी प्रयाप्त मात्रामा पिउनु राम्रो मानिन्छ ।

५ . नून कम खाने
पत्थरीबाट बँच्नका लागि नुनको सेवन कम गर्नु नै राम्रो मानिन्छ । सँधै खाने भन्दा पनि कम नून गर्मी महिनामा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । नुनले पत्थरी हुने खतरा बढाउँछ ।

६ . डाक्टरको सल्लाह
पत्थरीबाट बच्नका लागि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । निरन्तर चिकित्सकको परामर्श लिनुस् । पत्थरीबाट बँच्नका लागि सेवन गर्न सकिने औषधीबारे जानकारी लिन पनि चिकित्सकसँग सल्लाह लिनु राम्रो मानिन्छ । कतिपय औषधीले पत्थरीको सम्भावना कम गर्न मद्धत गर्छन् ।

७ . प्रोटिनयुक्त खाना कम खाने
पत्थरीबाट बँच्नका लागि प्रोटिनको मात्रा नियन्त्रित खानु पर्छ । खानमा माछा मासु र अण्डामा जोड गर्नु भन्दा शाकाहारी भोजनमा जोड दिनुस् । प्राकृतिक शाकाहारी भोजनबाट प्रोटिनको मात्रा पुरा गर्नुस् ।