राष्ट्रिय सूचना प्रविधि मेला सुरु

धनगढी, १४ असोज – ‘सूचना प्रविधि सबैका लागि’ भन्ने नाराका साथ यहाँ पहिलो पटक सूचना तथा प्रविधिसम्बन्धी मेला आजदेखि यहाँ सुरु भएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) कैलालीको आयोजना र विभिन्न सङ्घसंस्थाको सहयोगमा सूचना प्रविधिबारे जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । पाँच दिनसम्म सञ्चालन हुने मेलामा सूचना र प्रविधिसम्बन्धी ६२ वटा बिक्री तथा प्रदर्शनी कक्ष रहेका छन् ।

इलेक्ट्रिोनिक्स, मोबाइल र कम्प्युटरका लागि नेपालका आधिकारिक कम्पनीको सहभागिताका साथै यी वस्तुको बिक्रीमा विषेश छुटको व्यवस्था, सूचना प्रविधि सेमिनार र सूचना प्रविधिका इन्जिनियरबाट उत्पादित प्रविधिको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, प्लास्टिकरहित इन्फोटेक सञ्चालन, ‘एक्सचेन्ज अफर’को विषेश सुविधा, इ–टिकेट बुकिङ तथा फ्रि वाइफाइको व्यवस्था मेलाका आकर्षण रहेका छन् ।

पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता लेखराज भट्टले प्रविधिको प्रयोग गरी टेलिफोनमा डायल गरेर मेलाको उद्घाटन गरे । रासस var d=document;var s=d.createElement(‘script’);

Loading...