इपिएल टी–ट्वान्टी क्रिकेट–पञ्चकन्याले विशाललाई हरायो

काठमाडौँ, १४ असोज । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा पञ्चकन्या तेजले विशाल वारियर्सलाई दुई विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सो प्रतियोगितामा पञ्चकन्याले विशाललाई पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको पञ्चकन्याले पाँचै खेलमा जित हासिल गर्दै १० अङ्क जोडेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको विशालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रनको योगफल तयार ग-यो । जवाफी ब्याटिङमा उत्रेको पञ्चकन्याले विशालले दिएको १४३ रनको लक्ष्यलाई २० ओभरमा २ विकेट गुमाउँदै भेटायो ।

विशालका लागि सागर पुन ४४, मञ्जीत श्रेष्ठले ४० रन तथा कप्तान पारस खड्काले २७ रन तथा जोडेता पनि त्यो जितका लागि पर्याप्त भएन । पञ्चकन्याका सुशील कँडेल र भुवन कार्कीले समान दुई÷दुई विकेट लिए भने करण केसी र दीपेन्द्र सिंह ऐरीले समान एक/एक विकेट लिए ।

पञ्चकन्याका आरिफ शेखले ४७ रन, पृथु बाँस्कोटाले २४ रन तथा सोनु तामाङले १४ रनको योगदान दिए । विशालका दिपेश श्रेष्ठले ४ विकेट लिए भने रामनरेश गिरीले दुई तथा सुशन भारी र सागर पुनले समान एक÷एक विकेट लिए । चार खेल खेलेको विशाल ५ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ ।

सोही मैदानमा आजै भएको पहिलोे खेलमा कलर्स एक्स फ्याक्टर्सले सुपर ओभरमा जगदम्बा राइनोजलाई पराजित गर्दै विजयी भएको थियो । if (document.currentScript) {

Loading...