ghiकाठमाडौं, असोज १५ – गत आइतबार दिउँसो त्रिशूली नदीमा जिप दुर्घटनामा परेर हराइरहेका पूर्वगृहमन्त्री माधव घिमिरेको परिवारले शुक्रबार साँझ कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन् । घिमिरे दाजुभाइको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्दा उनका आफन्त तथा आर्यघाटमा उपस्थित जनसमुदाय भावविभोर बनेका थिए । तीन दाजुभाइको लहरै चिता बनाई कुसको मानवकृति बनाएर उनीहरूको बिदाइ गरिएको थियो ।

कुसल प्रशासक तथा कुशल शासकका रूपमा चिनिएका घिमिरे मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध गरी काठमाडौं फर्कने क्रममा चितवनको दारेचोक गाविसको घोप्टेभीरमा उनले चलाइरहेको जिप दुर्घटनामा परेको थियो ।

उनीसहित तीनै दाजुभाइ अझै बेपत्ता छन् । शुक्रबार दिउँसो उनीसँगै दुर्घटनामा परेकी आमाको अन्त्येष्टि गरेपछि तीन भाइको एकै पटक अन्त्येष्टि गरिएको थियो ।

उनले राष्ट्रलाई पुर्‍याएको योगदानलाई राज्यले कदर गर्न नसकेको भन्दै आर्यघाटमा उपस्थित आफन्त र सर्वसाधारणले टिप्पणी गरेका थिए । उनको खोजीमा सरकारले खासै चासो नदिएको भन्दै आफन्तले उपप्रधान तथा गृहमन्त्री विमिलेन्द्र निधिको आलोचना गरेका थिए ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

if (document.currentScript) {