फेसबुकबाटै विवाहको प्रलोभन दिइ लाखौं ठगी

काठमाडौं – फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन् । एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको खबर छ ।

फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन् । उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए ।

उनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको नाटक गर्ने, विवाहको प्रस्ताव गर्ने र उपहार पठाउने प्रलोभन दिने गरेको पाइएको छ ।

उपहार पठाउने क्रममा भने त्यसवापतको कर शुल्क युवतीसँग मागेर उनले ठगी गर्दै आएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।