…त्यसपछि बाबुरामले लमही, मन्थली, सल्लेरी र बाग्लुङ बजारको ईन्जिनियरिङ डिजाइन गरे

पढेपछि जागिर नखाने मानसिकता बाबुराम भट्टराइले पहिलेदेखि नैं बनाइसकेका थिए । त्यसैले उनी जागिरे जीवनतिर लागेनन् । विद्यावारिधि गर्ने क्रममा नै उनी पार्टीको होलटाइमर बनिसकेका थिए ।
२०४२÷४३ सालमा उनी पार्टीको काठमाडौं जिल्ला सेक्रेटरी र क्षेत्रीय व्युरो सदस्य भए । २०४५ सालमा एसियन डेभलपमेन्ट बैंकले एउटा प्रोजेक्ट ल्याएको थियो । सहरहरुको ‘स्ट्राटेजिक प्लान’ बनाउने प्रोजेक्ट थियो त्यो । यो प्रोजेक्ट सरकारले प्राइभेट कन्सल्टेन्सीहरुलाई दिनका लागि आहन गर्यो ।
बाबुरामसँग चिनजान भएका केहीले बाबुरामलाई सोध्दै नसोधी उनको बायोडाटा पनि हालिदिएछन् । बाबुरामको प्राज्ञिक पृष्ठभूमि राम्रो भएकाले आफ्नो कन्सल्टेन्सीलाई प्रोजेक्ट पार्न उनीहरुले त्यसो गरेका थिए । प्रोजेक्ट परेपछि एक जनाले बाबुरामलाई उनको नाम पनि हालिदिएको रहस्य खोले । ‘तपाईको पनि हालिदिएका थियौँ, पर्यो’ । समय निकालेर केही डिजाइन गरिदिनुस् न भन्दै बाबुरामलाई अनुरोध गरे । पार्टी कामबाट फुर्सद पनि हुन्थ्यो बाबुरामलाई ।baburam
यसै अनुसार उनले दाङको लमही, रामेछापको मन्थली, सोखुम्बुको सल्लेरी र बाग्लुङको सदरमुकाम बाग्लुङको ईन्जिनियरिङ डिजान गरे । सबै ठाउँमा पुगेरै सर्भे गरेको भए पनि बाबुराम बाग्लुङ भने पुग्न भ्याएका थिएनन् । ढिलो भयो, यसो बनाइदिनुहोस् न भन्दै कन्सल्टेन्सीका साथीहरुले अनुरोध गरेपछि बाग्लुङको नक्सा हरेर उनले बजारको डिजाइन गरेका थिए । यसबापत उनले २५÷२५ हजारका दरले एक लाख रुपैयाँ पाएका थिए, यो रकम कोटेश्वरमा घर बनाउन प्रयोग गरिएको थियो । (‘अविराम बाबुरामम’बाट)

Loading...